जसपामा ठाकुर-महतो पक्ष अल्पमतमा, महेन्द्रपछि शरदसिंह र राजकिशोरले छोडे साथ !

17.2k Shares

काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा जसपामा विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुरले ओलीलाई विश्वासको मत दिनेगरि हस्ताक्षर अभियान चलाएका थिए ।
तर, दलको नेतामा उनी पक्षधर नेता राजेन्द्र महतोले दाबी नछोडेपछि अहिले हस्ताक्षर अभियान पनि राकिएको छ । ३२ सांसद रहेको जसपामा ठाकुर भन्दा अर्का अध्यक्ष उपेन्द्र यादव बलियो रहेको बुझिएको छ ।
अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भने कुनैपनि हालतमा ओलीलाई विस्थापित गर्नुपर्ने अडानमा छन् । पछिल्लो समय वैकल्पिक सरकार बनानुपर्नेबारे यादव र भट्टराईले लबिङसमेत गरिरहेका छन्। यो बीचमा यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सरकारको नेतृत्व लिनेगरि पहल गर्न सुझाएका छन् । र, उनले आफ्नो पक्षमा २० जना सांसद पुगिसकेको पनि दाबी गरेका थिए ।
कतिसम्म भने पूर्व राजपाका नेताहरु महेन्द्र राय यादव, राजकिशोर यादव र शरदसिंह भण्डारीले समेत ठाकुरको साथ छोडेको बुझिएको छ । पछिल्लो समय अनिल झासमेत ठाकुर–महतोसँग रुष्ट छन् ।

सम्बन्धित समाचार