सन्दीपको मुद्दामा दुबै पक्षले बुझाए बहस नोट

20.2k Shares

काठमाडाैँ – सन्दीप लामिछानेको मुद्दामा अदालतको माग बमोजिम शुक्रबार दुबै पक्षले बहस नोट अदालतमा बुझाएका छन्। अदालते गत २३ कातिकमा दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट बुझाउन आदेश दिएको थियो।न्यायाधीश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिरभित्र बहस नोट बुझाइसक्न आदेश दिएअनुसार बहसन नोट फाइल गरिएको हो। अदालतले बहसनोट बुझाएको दुई दिन पछि अर्थात २४ मंसिरमा अर्को पेशी तोकेको छ।

दुबै पक्षका कानुनब्यबसायिले लिखित रुपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलत्कार मुद्दाले किनारा पाउने विश्वास गरिएको छ।सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरु माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो। लगातार विभिन्न बहानामा सन्दीपको मुद्दामा सुनुवाइ सर्दै आएको छ।

सम्बन्धित समाचार