यसरी आउट हुने पहिलो बंगलादेशी बने मुस्फिकुर

18.6k Shares

काठमाडौँ । बंगलादेशका मुस्फिकुर रहिमलाई न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा मैदानमा अवरोध गरेको भन्दै आउट घोषित गरिएको छ । यसरी आउट हुने उनी पहिलो बंगलादेशी क्रिकेटर हुन् ।

बंगलादेशको मिरपुरमा खेलिएको यस खेलमा आयोजक टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उनी बंगलादेशको पहिलो इनिङ्सको ४१ औं ओभरमा आउट भएका थिए । मुस्फिकुरले फास्ट बलर काइल जेमिसनको बलको सामना गरे र बल स्टम्पतिर उछालिएपछि बललाई दाहिने हातले रोक्ने प्रयास गरे।मुस्फिकुर टेस्ट म्याचमा बल ह्यान्डलिङका कारण आउट हुने आठौँ खेलाडी हुन्। साथै, उनी यही कारणले आउट हुने क्रिकेट इतिहासमा ११ औँ खेलाडी बनेका छन् ।

 
सम्बन्धित समाचार