सर्बिया पठाउने भनेर १७ लाख लिएर फरार भएका व्यक्ति पक्राउ

20.2k Shares

काठमाडौं । तीनजनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले बाराका २५ वर्षीय दिपेश बास्कोटालाई पक्राउ गरेको छ । उनलाई बाराको जीतपुरसिमरा–१  बाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बास्कोटाले बलबहादुर थापा मगरसहितलाई आठ लाख रुपैयाँ लागतमा सर्बिया पठाउने आश्वासन दिएका थिए । पीडितहरूलाई उनले मासिक एक लाख रुपैयाँ तलब हुने बताएका थिए । 

उनले पीडितहरूबाट पटकपटक गरी १७ लाख १७ हजार रुपैयाँ लिएका थिए । तर, त्यसपछि उनी सम्पर्कविहीन बने । 

उनलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

सम्बन्धित समाचार