इजरायली र तीन विदेशीसहित थप १७ बन्धक रिहा

14.5k Shares

तेल अभिभ । हमासले थप १४ इजरायली र तीन विदेशी बन्धकलाई रिहा गरेपछि इजरायलले पनि आफ्नो जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाले ३९ प्यालेस्टाइनीलाई जेलबाट रिहा गर्ने बित्तिकै उनीहरूले आफ्नो झण्डा फहराएका थिए ।  

हमास र इजरायलबिच भएको सम्झौताअनुसार चार दिने अस्थायी युद्धविराम घोषणा गरिएको थियो, जुन शुक्रबारदेखि लागू भएको छ । सोमबार यो युद्धविरामको चौथो दिन हो। दुईबिचको युद्धविरामको अवधि थपिने देखिन्छ । 

आइतबार राति हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने सङ्ख्या बढाउने बदलामा युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको थियो। प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीका अनुसार हमासले मध्यस्थकर्ताहरूलाई थप २० देखि ४० जना बन्धकहरूलाई रिहा गर्ने बदलामा दुईदेखि चार दिनका लागि युद्धविराम लम्ब्याउन चाहेको बताएको छ।

सम्बन्धित समाचार