काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ ।
सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो । शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको परिवार स्रोतले जनाएको छ ।