काठमाडौँ महानगरपालिकामा प्लास्टिकका फूलमाला किनबेचमा रोक

18.4k Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक  लगाएको छ ।

त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ ।  दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न महानगरले अनुरोध गरेको हो । 

सम्बन्धित समाचार