भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने

16k Shares

काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट भएको क्षतिपछि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।  विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

सम्बन्धित समाचार