थप ३५ सय ५६ जनामा संक्रमण पुष्टि

16.9k Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय जना ५६ संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । 
यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

सम्बन्धित समाचार