भूकम्पमा परि जाजरकोट र रुकुममा १२८ जनाको मृत्यु, १४० भन्दा बढी घाइते

18.3k Shares

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९३ जना र रुकुममा ३६ को मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट थप उद्दार टोलि गएको र भग्नावसेसमा पुरिएकाहरुको थप उद्दार हुने बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रहरीका प्रवक्ताका अनुसार रुकुम पश्चिममा ३६ जना, त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार