थप ३ हजार १२२ जनामा कोरोना संक्रमित

17.9k Shares
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६  जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन् ।
थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर २५२ जनाको आइसीयु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।
यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या ३ लाख २०९ पुगेको छ ।
सम्बन्धित समाचार