खिउजूले पाए न्याय

23.2k Shares

ललितपुर । बलत्कारको आरोपमा नख्खु जेलमा पुर्पक्षमा गएका पूर्वडीएसपी राजकुमार खिउजूलाई जिल्ला अदालत ललितपुरले सफाइ दिएर न्याय गरेको छ । माननीय जिल्ला न्यायाधीश देव कुमार गिरीको इजलाशले अभियोग दाबी नपुग्ने भन्दै फैसला गरेको हो ।
ललितपुरको ठुलादुर्लङ घर भएकी २२ वर्षीया युवतीलाई करणी गरेको बेहोराको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २०७६ फागुन २१ गते खिउजूलाई पक्राउ गरेको थियो ।
खिउजू अदालतको फैसलाबाट नख्खु जेलबाट छुटेको नख्खु जेलका सूचना अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन् ।
बादीः जावलाखेल २६ को जाहेरीले नेपाल सरकारका तर्फबाट बहस गर्नेहरु विनिता कपाली, रितु थापा मगर, सुलोचना बज्राचार्य, बिनिता पाण्डे र सुमि डंगोलले बहस गरेका थिए भने प्रतिवादी राजकुमार खिउजुको तर्फबाट बहस गर्नुहुने अधिवक्ता प्रकाश महर्जन र सुर्य कोइरालाले गरेका थिए ।

 

सम्बन्धित समाचार