थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

18k Shares
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६  जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा भक्तपुरमा ७४, ललितपुरमा १०६ र काठमाडौंमा ७६० जना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
गत २४ घण्टामा ४१० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट निको हुनेको दर ९५।९ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२२ पुगेको छ ।
सम्बन्धित समाचार