ओलीले बनाएका स्थायी कमिटीमा खनाल–नेपालका कोही परेनन्, वामदेव गौतम कायमै

18.1k Shares
काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको स्थायी कमिटी गठन गरेका छन् ।
झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन । तर, स्थायी कमिटीमा वामदेव गौतमलाई भने राखिएको छ ।
स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।
सम्बन्धित समाचार