फाइनल खेलमा युएईसँग नेपाल पराजित

15.6k Shares

काठमाडौं, १० कार्तिक । संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ । 

 

किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।


समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । 


नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर फाइनलमा जीत हासिल गरेको हो ।

सम्बन्धित समाचार