गौरीकलीको ६९ वर्षको उमेरमा मृत्यु

20.5k Shares

बारा । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत अम्लेखगञ्ज हात्तीसारमा रहेको गौरीकली नामक हात्तीको ६९ वर्षको उमेरमा निधन भएको  छ । यमगज नामक जंगली हात्तीले हात्तीसारका अन्य जवान हात्तीलाई दुख दिन थालेपछि गौरीकला करिब १ वर्षदेखि हात्तीसारमा  एक्लै बस्दै आएकी थिइन् । 

 घटस्थापनाको दिनदेखि अशक्त भई बिरामी भएको गौरीकलीको सोमवार दिन मृत्यु भएको  छ। उनको मृत्यु कुनै रोगको कारण भन्दा पनि उमेर हदका कारण बुढी भएर मृत्यु भएको हो । नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रूपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले सोमबार पोस्टमार्टम गरेपछि साँझ हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सद्गत गरिएको  छ । 

सम्बन्धित समाचार