बाँकेमा आजराति १२ बजेसम्म मदिरा बिक्री वितरण र उपभोग गर्न नपाइने

18.8k Shares

काठमाडौं । बाँकेमा आज (बुधबार) मदिरा बिक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादशैँको भोलिपल्ट निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ । 

सम्बन्धित समाचार