बार्सिलोनाको जितमा १७ वर्षीय मार्क गुइउको गोल

15.9k Shares

काठमाडौं । मार्क गुइउको निर्णायक गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्वाओविरुद्ध १(० को साँघुरो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा १७ वर्षीय परिवर्तित खेलाडी गुइउको निर्णायक गोलमा बार्सिलानाले तीन अंक जोडेको हो । उनी फर्मिनो लोपेचको स्थानमा ७९औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेको २३ सेकेन्डमै गोल गरेका गुइउ बार्सिलोनाको इतिहासमै सिनियर र जुनियरतर्फ सबैभन्दा कम समयमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

जितसँगै १० खेलबाट २४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट १७ अंक जोडेको एथ्लेटिक विल्बावो तालिकाको नवौं स्थानमा छ । १० खेलबाट समान २५ अंकसहित रियाल र जिरोना क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

आइतबारै भएका अन्य खेलमा जिरोनाले अल्मेरिकाविरुद्ध ५(२ को जित निकालेको छ ।

सम्बन्धित समाचार