कोसीको राजनीतिक संकट टर्‍यो, अब सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की

16.4k Shares

विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका छन् । 


शनिबार नियुक्त भई आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिने क्रममा उनले कोशी प्रदेशमा देखिएको राजनीतिक संकट अन्त्य भएको दाबी गरेका हुन् । 


प्रदेशसभा विघट भई मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उनले वार्ता र संवादमार्फत् समाधान खोजिने बताए । 
 

सम्बन्धित समाचार