देउवाको आफै प्रधानमन्त्री बन्ने दाउ

19.1k Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कुनै हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न चाहिरहेका छैनन् । काँग्रेस महाधिवेशन अघि कि आफू प्रधानमन्त्री बन्ने कि ओलीलाई नै छाड्ने उनको रणनीति छ । अर्ली इलेक्शनमा गएर महाधिवेशन टार्नेबारे पनि देउवाले बहाना गरिरहेका छन् । त्यसैले काँग्रेसको क्रियाशील विवाद अझै टुंगिएको छैन । 
सत्ता गठबन्धन बनाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजपार्टी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद सदस्य डा. बाबुराम भट्टराईले मङ्गलबार भेटवार्ता गरे । देउवाको बुढानिलकण्ठस्थित निवासमा दुवै नेता एकसाथ पुगेका थिए । भेटमा सत्ता गठबन्धनबारे जसपाका तर्फबाट यादव र भट्टराईले प्रस्ताव लगेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार दुई नेताले जसपा नेतृत्वको सरकार गठनको विकल्पबारे प्रस्ताव लगेका हुन् । तर, देउवा त्यसमा सकारात्मक भएनन् । 
पछिल्लो समय जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन बनाउने समूह बलियो बनेपछि यादव र भट्टराईले नेतृत्वको विषयमा महत्वपूर्ण प्रस्ताव लगेका हुन् । देउवाले भने आफ्नै नेतृत्वमा सरकार निर्माणको प्रयास गर्दै आएका छन् । जसपाको महन्थ ठाकुर पक्षधरले भने कि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कि ओलीसँग मिलेर जाने विकल्प तयार गरेको छ । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर भने ओलीको विकल्मा सत्ता समिकरण गर्ने पक्षमा छन् । उनीहरु जसपा नेतृत्वको सरकारको पक्षमा रहेपनि लचिलो रुपमा छलफलमा प्रस्तुत हुँदै आएका छन् । 
 

सम्बन्धित समाचार