वास्तवमा नेपालीहरु मुस्लिम आतंकवादी संगठनहरुको तारोमा परेका छन् । यसको कारण हो नेपालको इजरायलसँग विशेष सम्बन्ध र नेपालीहरु इजरायलमा रोजगारीका लागि जानु । अफगानिस्तानमा पनि नेपालीहरु विगतमा पश्चिमा सैनिकहरुसँग मिलेर काम गरेका थिए । बेलायतमा नेपाली गोर्खा सैनिक कार्यरत छन् । यसकारण मुस्लिम आतंकवादी संगठनहरु नेपालीलाई देखि सहँदैनन् ।
त्यसो त नेपालीका लागि रोजगारीको गन्तव्यस्थल बन्दै आएको छ इजरायल । त्यहाँको कृषि र वृद्धवद्धाको हेरचाहमा नेपालीहरुले रोजगारी पाएका छन् । नेपाल इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पहिलो मुलुक पनि हो । यसकारण पनि नेपालको इजरायलसँग विशेष सम्बन्ध छ । इजरायलीहरु नेपालीलाई विश्वास मात्र गर्दैनन् सहज रुपमा पनि लिन्छन् । त्यसैले संवेदनशील सुरक्षा अवस्थाका कारण नेपालीहरुले इजरायलमा रोजगारी पाए ।
पछिल्लो समय इजरायलमा तालिम लिन जानेमा नेपालीहरु छन् । विशेषगरी कृषि वैज्ञानिकहरु र विद्यार्थीहरु इजरायलमा तालिम र अध्ययनका लागि जाने गर्छन् । शनिबार हमासको हमलामा मारिनेमा नेपालीहरुको संख्या अन्य विदेशीको तुलनामा बढी रहेको छ । १० नेपाली विद्यार्थी मारिए । केही अझै वेपत्ता छन् । हमासको हमलामा नेपाली पनि पर्नुमा मुस्लिम आतंकवादीहरुले नेपालीलाई दुश्मनको रुपमा हेर्नु पनि रहेको छ । विगतमा इराकमा १२ नेपालीको मुस्लिम आतंवादीले अपहरण गरी विभत्स हत्या गरेका थिए । फरक धर्म र नेपालको सम्बन्ध इजरायलसँग सुमधुर हुनुले पनि नेपालीहरु तारोमा पर्ने गरेका छन् । अफगानिस्तानमा पनि नेपालीहरुले पश्चिमा देशको सेनासँग काम गरेका थिए । मुस्लिम आतंकवादी समूहको तारोमा यसकारण पनि नेपालीहरु पर्दै आएका छन् ।