19k
Shares
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर नजिकैबाट प्रहरीले ८ ग्राम खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका २० वर्षीय सन्दीप भन्ने समीर राई छन् ।
घटनाबारे प्रहरी प्रभाग बुढानीलकण्ठले अनुसन्धान गरिरहेको छ । समीरको बयानको आधारमा लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको छ ।