20k
Shares
बैतडी, ६ असोज । बैतडीमा एक १९ वर्षीया किशोरी मृत फेला परेकी छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा फेला परेकी हुन्। घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए। शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन्।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्ट मृत्युको कारण भने खुलेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।