त्रिदेशीय फुटबलको उपाधि नेपाललाई

17.4k Shares

काठमडौं । त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो ।  नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो ।
खेलको १८ औं मिनेटमा नेपालका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए ।  उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ताआएको बलबाट उनले गोल गरेका थिए ।
 खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । आजको खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ ।  खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए ।  प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्दै उपाधि जितेको हो ।

सम्बन्धित समाचार