लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

21.9k Shares

काठमाडौँ । काभ्रेपलान्चोकको पनौतीमा लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–४ मा बस्ने २७ वर्षीय आकाश दोङ, पनौती–६ बस्ने २७ वर्षीय श्रीराम लोप्चन र ओखलढुङ्गा घर भएर पनौती बस्ने ४५ वर्षीय सङ्गीता तामाङ छन् ।

आरोपितहरूले भदौ २९ मा घाँस काटेर फर्किएकी तुलसा बन्जारासहित दुईजना लाई जङ्गलमा खुकुरी देखाएर सुनको रिङ लुटेर भागेको थिए। आरोपितहरूले पनौती नगरपालिका–५ स्थित माइतबाट फर्किएकी ३६ वर्षीया अनिता थापाको पनि गहना लुटेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।  उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार