पोखराका लागि यतीको रात्रि उडान सुरु

16.7k Shares

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले  रात्रिकालिन उडान (आई एफ आर उडान) सुरु गरेको छ । सो एयरलाइन्सले आजदेखि काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको हो ।

पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि  उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५: ३० बजे उडान नं एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः २० बजे उडान नं एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

सम्बन्धित समाचार