सुकुटे सडक दुर्घटनामा परी अनेरास्ववियुका दुई नेताको मृत्यु

18.1k Shares

काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार दिउँसो १ बजे सुकुटेको घुम्ने भन्ने स्थानमा खाडीचौरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्याङ्कर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा अनेरास्ववियु सिन्धुपाल्चोक सह–संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए । दुर्घटनापछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा सोही अस्पतालमा उनीहरूको निधन भएको प्रहरीले जनाएको हो । 

ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार