18.3k
Shares
भक्तपुर । दुई महिना अगाडि घरबाट हराएकी ६१ वर्षीय परमेश्वरी दाहालको शव जङ्गलमा टाउको छिनेको अवस्थामा आज फेला परेकाे छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षकले बताए ।
मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाठकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।