नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

19.4k Shares

बाँके, २५ भदौ । नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । 


श्री एयरलाइन्सको उडानमार्फत नेपालगन्जदेखि काठमाडौं जान लाग्दा विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।सापकोटासँगै रहेका सोही कार्यालयमा कार्यरत दीपक पौडेल भने फरार रहेका प्रहरीको भनाइ छ । 
 

सम्बन्धित समाचार