० अहिले दिनचर्या कसरी चलिरहेको छ ?
म नेपाल आएको करिब एक महिना भएको छ । पछिल्लो समय कोरोना भाइरसका कारण माहोल अलि बिग्रिएको थियो । पछिल्लो समय कोरोना भाइरसविरुद्ध खोप आइसकेको छ । कोरोना भाइरसको भ्याक्सीन आएपछि मानिसहरुमा आत्मबल बढेको अवस्था छ । विगतमा भन्दा विरामीहरु हस्पिटल आउनेहरुको संख्यामा पनि बढ्दै गइरहेको छ । कोरोना भाइरस संक्रमणका कारण प्रायः विरामीहरुलाई फोनबाटै कन्सल्ट गर्नुपथ्र्यो भने अहिले विरामीहरुलाई भेटेरै विरामीको चेकजाँच गर्न पाइएको छ । दिउँसोको समय बिर अस्पतालमा कार्यरत छुँ भने बाँकी समय सुमेरु अस्पताललाई दिएको छु । बिहान र बेलुकी ८ः३० बजेसम्म ओपीडी, वार्डमा भएका विरामीहरु, इमरजेन्सीमा कोही विरामीहरु छन् भने ती विरामीहरुलाई हेर्ने अनि आईसीयुका विरामीहरुलाई हेर्ने गरेको छु, यसरी नै मेरो दिनचयार्चहरु वितिरहेका छन् ।
० कोरोना भाइरस संक्रमणका कारण निमोनिया भएर मृत्यु हुनेको संख्या बढेको पाइएको छ, के कारणले यस्तो भएको होला ?
यो कोरोना—१९ नोबल भाइरस हो । यो भाइरस चाइनाको हुवानमा देखिएको थियो । कोरोना भाइरसका प्रजाति विगतमा पनि भइरहन्थ्यो र समय—समयमा आउने गथ्र्यो । यस कोभिड—१९ चाहिँ धेरै छिटो सर्ने र मृत्युदर बढी हुने भाइरसमा पर्छ । त्यस्तै पहिले सास र मर्स भन्ने कोरोनाको टाइपमा पहिलो २००३ र २०१२ तिर पनि आएको थियो । यस कोभिड—१९ एकबाट अर्को व्यक्तिमा सर्न सक्ने क्यापासिटी चाहिँ एकदमै धेरै छ । वृद्धवृद्धा, सुगर, प्रेसर भएको विरामीहरु अर्थात् दिर्घ रोगीहरुलाई चाहिँ बढी गम्भीर असर गर्ने गरेको छ । पश्चिमी मुलुकको डाटाभन्दा नेपाल र इन्डियाको डाटाले चाहिँ के देखाएको छ भने पश्चिमी मुलुकका भन्दा हामीहरुको मुलुकमा मृत्यु भने कम छ । हामीमा भाइरसको रिपिटेड इन्फेक्सन भइरहेको हुनु, बच्चामा बिसिजीको भ्याक्सिन लगाइएको हुनाले हाम्रो मृत्युदर चाहिँ कम भएको हुनसक्छ । कोभिडले छातिलाई इफेक्ट गर्ने, निमोनिया बनाउने हुन्छ । यसले दुई फेजमा निमोनिया गराउँछ । एउटा सुरुमा भाइरलले निमोनिया गर्ने फेज हुन्छ । भाइरल फेज चाहिँ पहिलो एक हप्ताको परियड हुन्छ । दोस्रो हप्तादेखि इन्फ्लामेट्री फेज सुरु हुन्छ । यस फेजमा फोक्सोलाई विगारेर एआरडीएस भन्ने अवस्थामा पु¥याउँछ । विरामीलाई अक्सिजनको मात्रा धेरै चाहिने साथै भेन्टिलेटरमा जाने कन्डिसनमा पु¥याउँछ ।
० कोरोना भाइरसका कारण प्रायः विरामीलाई निमोनिया हुने गरेको पाइएको छ, यस्तो अवस्थाबाट जोगिन कस्ता उपायहरु अप्नाउनुपर्ला ?
सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, ह्याण्ड स्यानीटाइज गर्ने, आफूलाई केही लक्षण देखिएको जस्तो लागेको छ भने डाक्टरको परामर्श लिने, सोही अनुसार उपचारमा बस्ने, यसमा धेरै मानिसहरुले घरेलु विधिहरु पनि अप्नाएका छन् । घरेलु विधिको प्रभावकारिता बारे कसैलाई पनि जानकारी छैन । हामीले बच्ने नयाँ उपाय भनेको भ्याक्सिन आएको छ । धेरै मानिसहरुमा भ्याक्सिन लगाउने कि नलगाउने भन्ने दुबिधाहरु भएको मैले पाएको छु, विशेष गरी दिर्घ रोगीहरु जसलाई कोरोना हुँदा गाह्रो बनाउँछ त्यस्ता मानिसहरुले भ्याक्सिन लगाउनु अत्यन्तै जरुरी छ । हाई रिक्समा पर्नेहरु जस्तै बुढाबुढी,स्वास्थ्यकर्मी, दिर्घरोगी, सुरक्षाकर्मी, सरसफाईकर्मीहरुले प्राथमिकताका साथ भ्याक्सिन लगाउनुपर्छ । त्यसपछि अन्य मानिसहरुले पनि भ्याक्सिन लगाउनुपर्ने हुन्छ । रगत पातलो गराउने कडा औषधी खाइरहेको छ भने मात्र लगाउन मिल्दैन । त्यो बाहेक प्रिगिनेन्ट भएकाहरुले भ्याक्सिन लगाउन मिल्दैन । भ्याक्सिन सम्बन्धी अरु केही आफूलाई शंका लागेको अवस्थामा डाक्टरसँग परामर्श लिन सकिन्छ । कोरोना भाइरसलाई परास्त गर्ने भनेको हामीहरुले भ्याक्सिन लगाएर नै हो । त्यसैले हामी सबैले भ्याक्सिन लगाउनु जरुरी छ ।
० भ्याक्सिन लगाउँदा ज्वरो आउने, कम्जोर महसुस गराउने गरेको पाइएको छ, के कारणले यस्तो समस्या देखिएको होला ?
सही कुरा भन्नुभयो, भ्याक्सिनसँग मानिसको शरीरको रियाक्सनका कारणले ज्वरो आउने, कम्जोर गराउने हुन्छ । भ्याक्सिन लगाउँदा जिउ कटकट खाने, जिउ दुख्ने कारण चाहिँ भाइरसकै बडी जिउमा हालेका हुन्छौं, त्यो भाइरसले शरीरलाई इन्फेक्सन गर्न नसकोस भनेर इनएक्टीभेट गरेर भाइरस हालेको हुन्छ । त्यो भाइरसको अगेन्समा शरीरले एन्टीबडी बनाउँछ । जिउ दुख्ने, ज्वरो आउने, कमजोर हुने समस्या देखिएको छ । यी असरहरु सामान्य सिटामोल खाएर ठिक गर्न सकिन्छ र धेरै जसो मान्छेहरु २४ देखि ३६ घन्टाको पिरियडमा ठिक भएको देखिन्छ । यस्ता असरहरु भ्याक्सिनको दोस्रो डोज लगाउँदा बढी देखिन सक्छन् ।
० कोरोना भाइरसका कारण नभई अन्य कारणले पनि निमोनिया भई मृत्युवरण समेत गरेको पाइएको छ, के कारणले यस्तो समस्या आउँछ ?
धेरै जस्तो निमोनियाको जोखिममा बुढाबुढी, दिर्घ रोगी, रक्सी र चुरोट खाने मान्छेहरुमा चाहिँ बढी हुन्छ । प्रायः जसो बच्चाबच्चीलाई निमोनिया हुनसक्छ । किड्नी ट्रान्सप्लान्टका विरामीहरु, डायलासिसमा बसेका साथै कलेजोमा समस्या देखिएका मानिसहरुमा गम्भीर निमोनिया हुनसक्छ । निमोनिया हो कि होइन भनेर विभिन्न जाँचहरु गरेर पत्ता लगाउँछौं । निमोनिया भएका विरामीहरुलाई विरामीको अवस्था हेरेर घरमै, सामान्य वाडमा वा आईसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । धेरै जसो निमायोनियाका विरामीहरु पूर्णरुपले ठिक हुन्छन्, केही विरामीमा निमोनिया जिउभरी फैलिएर र केहीमा स्वासप्रश्वास नै बन्द भई मृत्युवरण भएको पाइएको छ ।
० वायु प्रदुषणका कारण पनि निमोनिया हुने सम्भावना हुन्छ ?
विभिन्न अध्ययनहरुले देखाएअनुसार जुनबेला बायुप्रदुषण ज्यादा बढेको हुन्छ त्यो बेला मानिसलाई निमोनिया बढी भएको पाइएको छ । त्यो बेला हुनसक्छ भाइरस बढी ट्रान्समिट हुने, एक मान्छेबाटो अर्को मान्छेमा भाइरस, ब्याक्टेरियाहरु सर्ने बढी सम्भावना हुन्छ । त्यो बेलामा धेरै बायु प्रदुषणको कारणले गर्दाखेरी फोक्सोको प्रतिरोधात्मक शक्ति घटिराखेको अवस्था पनि हुनसक्छ । अहिले ठूलाठूला शहरहरुमा प्रदुषणका कारणले छातिसँग सम्बन्धित समस्याहरु एकदमै बढी देखिएको छ ।
० फोक्सोमा पानी जम्ने समस्या के कारणले हुन्छ ?
फोक्सोमा बाहिरपट्टी एउटा झिल्ली हुन्छ, प्ल्युरा भन्छौं । त्यो प्ल्युराको भाग बिचमा पानी भरियो भनेचाहिँ त्यसलाई हामी फोक्सोमा पानी भरियो भन्ने बुझ्छौं । कहिलेकाहिँ फोक्सोभित्र पानी जम्ने हुनसक्छ त्यसलाई पल्मोनरी एडिमा भन्छौं । टिबीका कारणले फोक्सोमा पानी जम्ने समस्या आउन सक्छ । अन्य ब्याक्टेरियाको इन्फेक्सनले पनि पानी जम्ने हुनसक्छ । अन्य किटाणुहरुले पनि पानी जम्ने हुनसक्छ । त्यो देखि बाहेक चाहिँ मुटु कमजोर भयो, मुटुले पम्प गर्ने सक्ने क्यापासिटी भएन भने फोक्सोमा पानी जम्छ । मुटु फेलर भएर फोक्सो बाहिर पानी जम्ने । त्यस्तै किड्नीका विरामीहरुमा पनि पानी जम्ने समस्या हुन्छ । फोक्सोको दुईतिरै पानी जम्यो भने उसको कतै मुटु फेलर त भएको छैन, कलेजोको तथा किड्नीको समस्या अथवा प्रोटिनको मात्रा ज्यादै कम भएको छ कि भनेर हेर्छौं । धेरै रक्सी खाएर, प्यानक्र्याज खराब भएर पनि पानी जम्ने समस्या आउन सक्छ । फोक्सोको क्यान्सर साथै अन्य क्यान्सरहरुमा पनि फोक्सोमा पानी जम्ने समस्या हुनसक्छ ।
० यसको रोकथाम र उपचार विधिहरु के होला ?
उपचार गर्नुभन्दा पहिला के कारणले फोक्सोमा पानी जम्ने समस्या भएको हो भन्ने पत्ता लगाउनुप¥यो । त्यसको लागि चाहिँ डाक्टरको परामर्श लिएर त्यो पानी इन्फेक्सनले भएको हो कि होइन भनेर पत्ता लगाउनुप¥यो । निमोनिया पछाडिको पानी पिप बनिसकेको छैन भने निमोनियाको औषधीबाट पनि ठिक हुन्छ । त्यो पीप बन्ने अवस्था र पीप भइसकेको अवस्थामा छ भने पाइप राखेर निकाल्नै पर्ने हुन्छ । त्यो देखि बाहेक टिबीको पानीमा टिबीको औषधी नै खाएर पानी विस्तारै सुक्दै जाने हुन्छ । कसैकसैमा एकदमै धेरै पानी जमेको छ भने त्यसलाई पाइप राखेर वा सुईबाट पनि निकाल्ने गछौं । क्यान्सरको कारणले जमेको पानीलाई किमो थेरापीको साथै पाइप राखेर निकाल्नु पर्छ ।
० निमोनिया हुने कारणहरु के होलान् ?
निमोनिया हुने मुख्य कारणहरु त भाइरस र ब्याक्टेरियाहरु हुन् । निम्न व्यक्तिहरु निमोनिया हुने रिक्समा पर्दछन् । बढी चुरोट पिउने, अल्कोहल खाने, धेरै उमेर भएको, पुराना दिर्घ रोगीहरु, पोलुटेड सिटीमा बसोबास गर्ने व्यक्ति, एउटै रुमा धेरै व्यक्ति बस्ने, ओसिलो रुममा बस्ने । चिसोको मौसममा भाइरस र ब्याक्टेरिया सर्ने सम्भावना बढी हुन्छ । जो दिर्घरोग छन् उनीहरुले चाहिँ चिसोको समयमा जोगिएर बस्नुप¥यो । विशेष गरी बच्चाहरुलाई चिसोका कारण रुघा चाँडो लाग्ने गर्छ, त्यो बच्चाबाट बुढाबुढीलाई सर्ने गर्दो रहेछ त्यही भएर चिसोको मौशमा बच्चालाई रुखा लागेको छ भने बच्चाबाट बुढाबुढीलाई अलि दुरी कायम गराउन सक्यो भने पनि केही कमी गराउन सकिन्छ ।
० तपाईंं कार्यरत सुमेरु अस्पतालमा आईसीयुको अवस्था कस्तो छ ?
काठमाडौं उपत्यकामा आईसीयु त धेरै छन् । अहिले हामीसँग आईस चौविसै घन्टा बस्ने मेडिकल डाक्टर, त्यो भन्दा माथिल्लो लेबलमा भेन्टिलेसन प्लस आईसीयु हेर्ने हामीसँग चौविसै घन्टा हेर्ने एनेस्थेसिया डाक्टरहरु हुनुहुन्छ । नर्सिङमा पनि हामीसँग ट्रेन नर्सिङ मेनपावर हुनुहुन्छ । त्यो देखि बाहेक हामीसँग एडभान्स भेन्टिलेटर र मोनिटरहरु छन् । अझै हामीले यसलाई अप्डेट गर्दै लैजानुपर्ने हुन्छ । यस अस्पताल ब्रोन्स्कोप ल्याउने प्रक्रियामा गइसकेको छ । यो सुविधा चाँडैनै सुमेरु हस्पिटलमा संचालन हुने छ ।