प्रहरीको ठेक्कामा ठूलो चलखेल, एआइजी मीरालाई गुमराहामा राखिदै

25.1k Shares

काठमाडौं  । नेपाल प्रहरीकाे ठेक्कामा ठूलो चलखेल शुरू भएको छ । झण्डै एक अर्ब रूपैयाँ बराबरको उक्त ठेक्कामा प्रशासन बिभागकी अतिरिक्त महानिरीक्षक मीरा चाैधरीलाई झुक्याएर सेटिङमा आफू नजिकका र बढी कमिशन दिने ठेकेदारलाई ठेक्का दिने गरि सेटिङ भएको छ ।  यस प्रकरणमा कराेडाैकाे खेल भैरहेको छ। अवकाशकाे समय नजिकिँदै गर्दा हाल सम्म भ्रष्टाचार र अनियमिततामा कतै दाग नलागेकी मीरा चाैधरीलाई कतै यो ठेक्का  प्रकरणले अख्तियार धाउनुपर्ने अवस्था आउने त हाेइन भन्ने प्रश्न उठ्न थालेको छ । 
केही दिन अगाडि भएको ठेक्का प्रक्रियामा विभिन्न सामान खरिदका लागि विभिन्न कम्पनीले ठेक्का हालेका छन् । उक्त ठेक्का प्रक्रियाकाे अहिले आवश्यक कागजात रूजु गर्ने  र नमुना हेर्ने काम भैरहेको छ । तर प्रहरीमा लामो समयदेखि ठेक्का गरेका र भित्र सेटिङ मिलाएर ठेक्का हात पारिरहेकाहरूले यसपटक पनि ठूलो चलखेल गरिरहेका छन् । गत बर्षहरूमा ठेक्का हाल्नुपूर्व नै ठेकेदारहरूले भित्रकाे सेटिङमा ठेक्का मिलाउने , ठेक्काको भागबन्डा गर्ने र पूरा बजेटमा ठेक्का पाउने काम हुदै आएको थियो । यसबापत ठेकेदारले भित्र ठेक्काको प्रतिशतका दरले कमिशन बुझाउने गर्दै आएका थिए । तर यसपटक भने तीनपटक सम्म ठेकेदारहरूकाे मिटिङ बसेपनि ठेक्का मिलेन र प्रतिस्पर्धामा गयो । प्रतिस्पर्धामा गएपनि अहिले भित्र सेटिङ भएका ठेकेदारले ठेक्का हत्याउन विगतमा आंफुले गरेका कामलाई निरन्तरता दिने गरि चलखेल गरिरहेका छन् । ठेक्कामा जतिसुकै कम्पनीले ठेक्का हालेको भए पनि प्राविधिकमा एउटा कम्पनीलाई मात्रै सिफारिस गर्ने गरि ठूलो आर्थिक चलखेल भैरहेको छ । प्राविधिकमा सेटिङमा एउटा मात्रै सिफारिस भए पछि आर्थिकमा उसले पाउने निश्चित भयो । यसरी ठूलो चलखेल भैरहेको छ। त्यसमाथि गत बर्षहरूमा जसजसले जे जे काम गरे त्यही काम पाउने गरि प्रवन्धमा कार्यरत डिआइजी सम्मलाई सेटिङ मिलाउने काम भएको छ। यो कुरा एआइजी मीरा चाैधरीलाई थाहा नभएको समाचार स्रोत बताउँछ । ठेक्काको रकमको प्रतिशतकाे हिसाबले कमिशन दिने खेल भैरहेको छ। कमिशन र  नियतवश कसैलाई फेल गरेर ठेक्काकाे निर्णय भएमा अख्तियारमा उजुरी पर्ने अवस्था आएमा र छानबिन भएमा कस कसलाई दशा लाग्ने हो त्यो त हेर्न बांकी नै छ ।

सम्बन्धित समाचार