उजुरी आयो भन्दैमा तरंगित भएर हैन तथ्यमा टेकेर अगाडि बढौँ : गोकुल बास्कोटा

18.8k Shares

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले उजुरी पर्ने बित्तिकै सार्वजनिक लेखा समितिको बैठकमा छलफलका लागि ल्याउन आवश्यक नरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा भएको बैठकमा बोल्दै उनले समितिमा परेका उजुरी ठीक छ कि छैन फ्याक्ट चेक गरेर मात्रै समितिमा छलफल अगाडि बढाउनुपर्ने बताए। 

सांसद बास्कोटाले भने,'उजुरी आयो भन्दैमा तरंगित भएर हैन तथ्यमा टेकेर अगाडि बढौँ । उजुरी पर्ने बित्तिकै समितिमा ल्याइहालौँ भन्ने पक्षमा छैन । समितिका सचिव वा  सभापतिले फ्याक्ट चेक गरेर मात्र ल्याऔँ ।' उनले महालेखा परीक्षकले वार्षिक प्रतिवेदन १८ पुराणजस्तो प्रतिवेदन दिने गरेको बताउँदै अगाडि दिनमा चुस्त दुरुस्त व्यवस्थित किसिमको प्रतिवेदनका लागि छलफल गर्नुपर्ने बताए । 

सम्बन्धित समाचार