झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट व्यापक तस्करी

19.6k Shares

सिन्धुली । सिरहाका झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । झाझपट्टी र नरगी नाकामा भन्सार कार्यालय छैन । यहाँ सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । पछिल्लो समय तस्करीका लागि चम्केको झाझपट्टी नाका पारी भारतीय ललमनिया बजारबाट दैनिक उपभोग्य सामानसँगै सुर्ती, राजनिवास, रजनिगन्धा गुट्खा आउने गरेको यो नाकाबाट तस्करी हुने सामान राजमार्गका गोलबजार, धनगडी, लहान बीपी राजमार्ग हुँदै काठमाडौं तथा पहाडी जिल्लामा पुग्ने गरेको छ । अर्कोतिर सिरहाको पटहेर्वा र मूल भन्सारको पूर्व–उत्तरको बाटोबाट पनि तस्करले सामान भिœयाउने गरेको माडरका स्थानीय बताउँछन् । धनुषाको मैनाथपुर, दुबही, इटहर्वा, तरही डेवडीहा,जमुनी नदी, महादेवपटी नाका लग्मा जटहि, मुखियापटी नाकाबाट तस्करी भई रहेको छ ।
सर्लाहीमा तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, , मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पल लगायत घरायसी सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने र बीपी राजमार्ग हुँदै राजधानी काठमाडौं तथा पहाडी जिल्लामा अवैध सामानको व्यापक ओसारपसार हुने गरेको पाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलङ्गवासहित पूर्वमा त्रिभुवन नगर–सोन वर्षा, पर्सा–सहोडवा, नारायणपुर दरवार लालबन्दी, संग्रामपुर नाका र पश्चिममा भेडियाही–लडकवा, खुटौना–भलुवाहा, भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारासहित बलरा नाका खुल्ला सिमाना भएका नाका हुन् । यी नाकाबाट तस्करले अवैध रूपमा भन्सार छलेर सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजश्व सङ्कलनमा प्रभाव परेको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।
महोत्तरीमा केहि दिन यता तस्करी निकै फस्टाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको सेटिङ्गमा यस जिल्लाको बिभिन्न नाकाबाट रातदिन तस्करी भईरहेको छ । महोत्तरीको मठियानी, भिठाकोड, सम्सी, रघुनाथपुर, खैरबन्नी, इटर्बा लगायतका नाकाहरुबाट तस्करी भई रहेको सजिलै हेर्न सकिन्छ । भारतबाट रात भरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि लगायतका माल समान नेपाल ओसार्ने गरेका छन् । यो नाकाबाट तस्करी हुने सामान बीपी राजमार्ग हुँदै काठमाडौं तथा पहाडी जिल्लामा पुग्ने गरेको छ ।
बीपी राजमार्गमा अवैध सामानको व्यापक ओसारपसार हुने गरेको समेत पाइएको छ । दैनिकजसो बीपी राजमार्ग हुँदै राजधानी काठमाडौं तथा पहाडी जिल्ला र काठमाडौं हुँदै मध्यतराईका साथै भारतसम्म अवैध सामान ओसारपसार हुने गरेको हो । बीपी राजमार्गको प्रयोग गर्दै प्रहरीकै सेटिङमा अवैध मालसामान दैनिक रूपमा ओसारपसार हुने गरेको छ ।प्रहरीका अधिकारीहरूको सेटिङमा हुने यस्ता अवैध तस्करीले जिल्लामा साना पदमा रहेका प्रहरीलाई भने सास्ती पर्ने गरेको प्रहरी जवान बताउँछन् । तराईका व्यापारीसँगको मिलेमतोमा भारतबाट ल्याइएका अवैध सामान र पहाडका व्यापारीसँग मिलेर पहाडबाट गाई भंैसी, चीनबाट ल्याइएका लत्ताकपडा, विद्युतीय सामग्रीका साथै सुन, चाँदीसम्म बीपी राजमार्गबाट तराई हुँदै भारतसम्म पु¥याउने गरिएको छ । हामीले बोले जागिरै जान्छ । ठूलासँग कसरी सेटिङ हुन्छ थाहै हुँदैन,’ उनले भने ।‘हरेक सामग्री नेपाली र भारतीय सवारीसाधनमा दैनिक ओसारपसार भएको सुराकी आउँछ । हामी त्यसलाई नियन्त्रणमा लिन्छौं । तर, माथिल्लो तहका हाकिम साप’हरूको निर्देशनपछि पुनः छाडिने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले भने ।
एक दिनअघि मात्र बर्दिवास यातायातको बोलेरोमा करिब ३ लाख रुपैयाँ बराबरको भारतबाट राजस्व छली गरी काठमाडौंतर्फ लैजान ल्याउँदै गरेको अवैध कपडा जिल्ला प्रहरी कार्यालयनजिकै रहेको प्रहरी चेक प्वाइन्टबाट छाडियो । सर्लाहीका कपडा व्यापारी दिनेश यादवले प्रहरीसँगको सेटिङमा दैनिक लाखौंका अवैध लत्ताकपडा काठमाडौं पु¥याउने गरेको खुलासासमेत भएको छ । सर्वोच्च अदालतले बीपी राजमार्गमा ३२ सिटसम्मका मझौला बस र १० टन क्षमतासम्मका ट्रक तथा टिपर सञ्चालन गर्न आदेश दिएको छ । तर, प्रहरीलाई ३ देखि १५ हजार रुपैयाँसम्म दिए राति निर्वाध छाड्ने नत्र रोक्ने गरेको भन्दै जिल्लाका व्यवसायी प्रहरीप्रति आक्रोशित छन् । विपी राजमार्गमा मापदण्ड विपरितका सवारी साधन रातको समयमा चल्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको मिलेमतोमा पैसा लिएर यस्ता सवारी साधन चलाइने गरेको हो । विपी राजमार्गमा ६ चक्के मालवाहक ट्रकहरु मात्र चल्न पाउने भएपनि प्रती ट्रक ६ चक्केको ५ हजार र १० चक्केको १५ हजारसम्म पैसा लिई राती १२ बजेपछि पठाउने गरिएको छ ।
बीपी राजमार्गका विवादबारे बुझ्न सिन्धुली आइपुगेका उपभोक्ता मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले बीपी राजमार्गमा अर्थराजनीति र नीतिगत भ्रष्टाचार बढ्दै गएको टिप्पणी गरे । तराईबाट काठमाडौंसम्म पु¥याउने अवैध लागुऔषध तस्करी गर्ने नाका पनि बीपी राजमार्ग नै भएको प्रहरीले सार्वजनिक गर्ने गरेका विभिन्न घटनाको सार्वजनिकीकरणले प्रस्ट बनाइसकेको छ । तराईका विभिन्न खुला सीमानाबाट नेपाल भित्रिने अवैध भन्सार छलिका सामानहरु यसरी नै रातको समयमा रामेछाप, दोलखा तथा काठमाडौँ लगायतका स्थानमा पठाइने गरेको छ । यसैगरी रातको समयमा भारतीय नम्बर प्लेटका साना गाडीहरु ठूलो संख्यामा यो बाटो हुँदै जाने गरेको र त्यसमा के ओसारिन्छ र किन कुद्छन् स्थानीयहरु प्रश्न गर्छन् । सिन्धुली जिल्लाका विपी राजमार्गमा पर्ने प्रहरी इकाइहरुमा समेत आफू अनुकुका इन्चार्ज राखी प्रती इकाई रकम बुझाउन मापदण्ड नै तोकेको एक प्रहरी अधिकृतले दावी गरे । हरेक दिन साँझको समयमा तराईबाट आएका ट्रकहरु बुका पुल आसपासमा राखिन्छ र राती ती ट्रकहरु पठाउने गरिन्छ । विपी राजमार्गबाट अवैध सामान कटाउन सजिलो भएपछि नेपालगञ्ज, भैरहवा, वीरगन्ज तथा पूर्वका काकडभित्ता सम्मका व्यापारीले यो नाका प्रयोग गर्दै अवैध सामान ओसारपसार गर्ने गरेका छन् । जिल्लाबाट निकासी हुने काठका ट्रकहरुसँग समेत प्रति ट्रक ५ हजार लिने गरेको खुलासा भएको छ । राजस्व तिरेर नियमसँगत ल्याएको भएपनि लोड, अन लोड गर्नुपर्ने झण्झट तथा खर्चका कारण ५ हजार तिर्न बाध्य छौँ उनले भने । जसका लागि रकम बुझाउन असईलाई जिम्मा दिएको समेत खुल्न आएको छ ।

सम्बन्धित समाचार