बिरगंज । पर्साको भिश्वा नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेको छ । हरि कुशवाहा र भारतीय नागरिक पप्पुलाई तस्करीको लाइन दिइएको छ । हिजो सोमबार राति भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा झण्डै ६ लाख बराबरको सामान नेपाल प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीको भिश्वाको सई र बिओपीका प्रहरी निरीक्षकलाई मिलाएर तस्करी गर्न लागिएको सामान नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरीलाई सुचना आएपछि उनीहरूले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षकलाई जानकारी गराएपछि पोखरियाको टोलीले उक्त सामान बरामद गरेको हो ।
भिश्वा बजारको लागि भनेर बिरगंजबाट हरि कुशवाहले सामान लैजाने र भिश्वा लगेपछि भारतीय नागरिक पप्पुले उक्त सामानको तस्करी गर्दै आइरहेका छन् । तस्करी गराउन सशस्त्र प्रहरीले लाइन दिएको समेत स्थानीय व्यवसायी बताउँछन् ।