कुन्दनराज काफ्लेले दिए बागमती कांग्रेसको सचेतकबाट राजीनामा

16.2k Shares

मकवानपुर । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद काफ्लेले सचेतक पदबाट राजीनामा दिएसँगै सामाजिक सञ्जालबाट सो विषय सार्वजनिक समेत गरेका छन् । 

उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए । पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने बताए ।

सम्बन्धित समाचार