पर्सामा थप दुईवटा बिओपी स्थापना

16.6k Shares

पर्सा । पर्सा जिल्लामा सशस्त्र प्रहरी बल नेपालको २ बि.ओ.पि थप भएसँगै अब बि.ओ.पि को संख्या १७ पुगेको छ । २०७७ भाद्र महिनामा ९ वटा बि.ओ.पि. रहेकोमा ७ महिनाको अवधिमा ८ वटा थप भएको हो ? आज ठोरो गा.पा.वडा नं.४ बिजय वस्तिमा र बिन्दवासिनि गा.पा.वडा नं.५ मा बि.ओ.पि.हरु स्थापना भएको हो ।

दुबै बि.ओ.पि.हरुको आज एक कार्यक्रम बिच सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतम प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ तथा सम्बन्धित गा.पा.प्रमुखले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति एसपी राजेन्द्र खड्काले बि.ओ.पि.स्थापनाको बारेमा जानकारी गराएका थिए । गा.पा. प्रमुखले आफ्नो गा.पा.मा सुरक्षा थप मजबुद बन्ने कुरा बताएका थिए भने प्र.जि.अ.आस्मान तामाङले सुरक्षा नै समृद्धिको आधार हो भन्दै बि.ओ.पि. स्थापना गराउन सफल भएकोमा सम्बन्धित गा.पा.हरुलाई बधाई ज्ञापन गरेका थिए । भन्सार प्रशासक महेश आचार्यले वि.ओ.पि. स्थापनाले राजश्व संकलनमा मदत पुग्ने कुरा बताएका थिए ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमले सशस्त्र प्रहरी बल एक जिम्मेवार सुरक्षा निकाय रहेको र यसले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न सदैव सक्रिय रहेको र देश र जनताको शान्ति सुरक्षामा कटिवद्ध रहेको जानकारी गराएका थिए । कार्यक्रमा नेपाली सेनाका प्रमुख सेनानी मदन जंग राणा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, उप–अनुसन्धान निर्देशक टिकाप्रसाद पोखरेललगायत स्थानियहरुको समेत उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार