सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

17.6k Shares

रसुवा ।  नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट करिब १ केजी तौलको सुन जस्तो देखिने पहेँलो धातुसहित सहित एकजना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा सोही गाउँपालिका-३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरूङ)  रहेका छन्

इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार