युवकको हत्या गरेको आरोपमा एक जना प्रकाउ

18.5k Shares

काभ्रे । युवकको हत्या गरेको आरोपमा एक जना प्रकाउ परेका छन्।    काठमाडौँ काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा दोलखा ‍सैलुङ गाउँपालिका-८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागूऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुल्न आएको हो । बेथानचोक गाउँपालिका-२ स्थित ढोलखोलामा मंगलबार बिहान निर्मल बुढाथोकी मृत अवस्थामा फेला परेको थिय। 

सम्बन्धित समाचार