कता जाँदै छ आजको समाज??

32k Shares

काठमाडौं, १६ भदौं । एउटै रहन-सहन,ब्यवस्था,धर्म आदि अगाल्ने वा एकै स्थानमा बसोवास गर्ने मानिसहरुको समुहलाई समाज भन्ने गरिन्छ।

समाजमा नयाँ नयाँ बिकृतिहरुले जरो गाड्न थालिसकेका छन्।त्यसैले हाम्रो समाज विविध समस्याले जगडिएको छ। कुनै बेला अभावमा रहेको समाज आज त्यहि अभावलाई पूरा गर्ने निहुमा बिकृती फैलदै छ।यसलाई बेलैमा रोक्न अति आवश्यक छ।


सामाजिक बिकृती रोक्न युवा पुस्ताले आफै सजक हुनुपर्छ। समाज अनुसारका नेताको उदय हुन थालिसकेको छ। पुजिपती त धनाड्यहरुले मात्र राजनीति गर्ने तिनीहरुलाई मात्र नेता मान्ने प्रचलनको अन्त्य हुनु आवश्यक छ। यसका निम्ति गुणस्तरीय शिक्षा र सूचनाको सहि सम्प्रेषण गर्नु आवश्यक छ।

गुणस्तरीय शिक्षाबाट बन्चित समाज शिक्षामा चरम ब्यापार भईरहेको छ। यसको रोकावट गर्न समाज आफैले जुट्नु पर्छ।

बटुवा हिड्दा थलाई मेटाउन पिपल चौतारी बनाउने,तिर्खा लाग्दा पानीको ब्यवस्थाका रुपमा ढुङेधारा निर्माण गर्ने,घरमा पाहुना आउदा स्वागत सत्कार गर्ने समाज हो हाम्रो। आजको यो समाज सेवामुलक कामबाट टाढा हुँदै गईरहेको देखिन्छ।

समाजमा रहेका अब्यवहारिक,अवैज्ञानिक,असान्दर्भिक तथा रुढीबादी सस्कृती र सस्कारलाई निर्मुल पार्नु आजको आवश्यकता हो। जिवन र समाजलाई सहज बनाउन कतिपय रुढीबादी चिन्तन एवं अभ्यास बदल्नुपर्ने छ।

समाजका हरेक नागरिक अनुशासित,कर्तव्यनिस्ठ तथा सास्कृतिक बनाउन आफ्नो ठाउँबाट प्रभावकारी भुमिका खेलौ। आफ्नै समाजभित्र मान्यता र आधुनिकता निर्माण गरौ र नयाँपुस्तालाई समाज हस्तान्तरण गरौ।।

जनक ठगुन्ना 
अनेरास्ववियु त्रीचन्द्र क्याम्पस सह-सचिव

सम्बन्धित समाचार