महानगरले आफूले दिएको सार्वजनिक बिदा कार्यान्वयन नगरे कारबाही गर्ने

16.3k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूले दिएको सार्वजनिक बिदा कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ । 

महानगरले गएको बुधबार एक सूचना निकालेर आज सार्वजनिक बिदा दिएको थियो । तर, आज केही विद्यालयले महानगरको निर्णयको उल्लंघन गर्दै पठनपाठन गरेको गुनासो आएको महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महानगरले आगामी दिनमा स्थानीय सरकारले गरेको निर्णय अनिवार्य पालना गर्न भनेको छ । अन्यथा कारबाही हुने चेतावनी दिइएको छ ।

सम्बन्धित समाचार