एउटै घरका ५ जनाले कर्णालीमा हाम फाले, दुई जनाको शव भेटियो

20.8k Shares

दैलेख । दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेका हुन् । तीमध्ये सोमबार दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना अझै वेपत्ता छन् ।
१४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा भेटिएको छ । ३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन् ।
 

सम्बन्धित समाचार