सातदोबाटोद्वारा खुमलटार पराजित

19.9k Shares

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको सातदोबाटो युथ क्लव र खुमलटार युथ क्लवबीच भएको खेलमा सातदोबाटो विजयी भएको छ ।
सातदोबाटो युथ क्लवले खुमलटार युथ क्लवलाई ३—२ ले पराजित गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सो फुटबल प्रतियोगिता निकै नै प्रतिस्पर्धात्मक भएको थियो । 


सो प्रतियोगितामा विजयी सातदोबाटोको तर्फबाट दोर्जे लामा, भुवन बस्नेत र असिम राईले एक—एक गोल गरेका थिए भने पराजित खुमलटारबाट सविन केसी र अदिल हामिकले गोल गरेका थिए ।
सातदोबाटो युथ क्लव र खुमलटार युथ क्लव दुबैका सल्लाहकार भरत महर्जनले विजयी हुने सातदोबाटो युथ क्लवलाई एक लाख रुपैयाँ र खुमलटार युथ क्लवलाई ५० हजार दिने निर्णय गरेका छन् । 

सम्बन्धित समाचार