सुनिल शर्माका कारण देउवा क्याम्पमा खैलाबैला

17.8k Shares

काठमाडौं । यतिबेला चर्चामा छन् नेपाली काँग्रेसका सांसद सुनिल शर्मा । उनको पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्माले खुलेर बोलेपछि सभापति शेरबहादुर देउवा समूहमा खैलाबैला मच्चिएको छ । ओलीले शर्मालाई छानबिनका नाममा तर्साउन पक्राउ गरेको आरोप लगाएका थिए । शर्माले पनि ओलीको खुलेर प्रशंशा गरेका छन् । यो घटनाले देउवा समूहमा निकै चर्चा पाएको छ ।

विशेषगरी अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि शर्मा खनिनु र ओलीले शर्माको पक्षमा बोल्नुले आशंकाहरु व्यक्त गरिएको छ । सरकार ढाल्न डा. शेखर कोइराला समूह ओलीसँग भित्र भित्र मिल्न थालेको विषय अहिले चर्चाको विषय बनेको छ देउवा समूहमा । शर्माले भनेजस्तो काँग्रेसले सरकार छाड्ने पक्षमा जान चाहेन । संसदीय दलको बैठकमा सुन तस्करीको छानबिन सीआइबीले नै गर्ने अडानमा काँग्रेस रहेको छ ।

उपप्रधानमन्त्री समेत रहेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकार टिक्ने बताइरहेका छन् । तर, उनीमाथि बालकृष्ण खाँण पक्राउ पर्दा पनि प्रचण्डमाथि दबाब राख्न नसकिएको आरोप छ । शेखर निकट सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको खुलेर आलोचना गरे । उनले बालकृष्ण खाँणले हिरासत बाहिर रहेर आरोपको सामना गर्न पाउनुपर्ने बोले । खाँणलाई शिकार बनाइएको विषय अहिले देउवाइतर समूहमा चल्न थालेको छ । शर्माको पक्राउ र त्यसपछिको घटनाले देउवा समूहमा पनि ठूलै हलचल ल्याएको छ । प्रचण्ड सरकार ढाल्ने र बचाउने खेलमा काँग्रेसभित्र रस्साकस्सी स्पष्ट देखिन्छ । यसले कुनैपनि बेला ठूलै राजनीतिक भूकम्प ल्याउने सम्भावना बलियो बन्दै गएको छ ।

देउवा पक्षमै बालकृष्ण खाँणको विषयले शंका उपशंका जन्मिएको छ । खाँण गत वर्ष मंसिरमा भएको चुनावमा पराजित हुँदा उनीविरुद्ध षड्यन्त्र भएको चर्चा चलेको थियो । बहालवाला गृहमन्त्री नै चुनाव हार्नु सामान्य विषय थिएन । उनलाई काँग्रेसकै एक पक्षले अन्र्तघात गरेको गाइँगुई चलेको थियो । अन्र्तघात गर्ने को को थिए भन्ने भित्र भित्र खोजी चलिरहेको छ ।

खोजतलास साप्ताहिकमा २०७० साल माघ २६ गते आइतबार छापिको समाचार जस्ताको तस्तै

मेडिकल माफिया शर्माको अनौठो खेल

नेपालमा राम्रै नाम चलेका मेडिकलसम्बन्धी माफियाहरु औंलामा गन्न सकिन्छ । खासगरी त्यस्ता माफियाको अग्र सूचीमा नाम लेखाउन सफल विराटनगरका सुनिल कुमार शर्मा हुन जसले माओवादी निकट भनेर प्रचार गरिए पनि खासमा यिनी कांंग्रेसका डा. शेखर कोइरालाका चम्चे हुन् । यिनको अनौठो लाइनमा भरतपुरका डा. नटराज, भैरहवा मेडिकल कलेजका खुमा अर्याल र नेशनल मेडिकल कलेज विरगन्जका मालिक बसुरुद्धिन अन्सारी छन् । यो चाख लाग्दो अनौठो खेलमा हाल पुलिस अस्पतालका डा. दिनेशचन्द्र पोखरेल पनि छन् । पुलिसको मेडिकल कलेजको नेतृत्व डा. राम नाथ सिंहले गरेता पनि हालीमुहाली भने दिनेशचन्द्र पोखरेलले गर्दै आइरहेका छन् । जो पुलिस अस्पतालका कार्यरत छन् । सरकारी जागिरे भएता पनि यिनको नाम नयाँ वानेश्वर स्थित भरोसा अस्पतालमा संलग्न छन् ।

खडेबाबा अर्थात नक्कली डाक्टरको सुरुवातः

डिग्री विनाको डाक्टर उभ्याउने परम्परालाई खडेबाबा भनिन्छ । दुरुस्तै डाक्टर देखाएर अनुगमन कर्ताको आँखामा छारो हाल्न खडेबाबाको प्रयोजन गरिन्छ जसको शुरुवात नेपालका एक मेडिकल नटवरलाल सुनिल शर्माले गरे । खडेबाबाको व्यापक विकृति भित्र्याएर यिनले विस्तारै भरतपुर मेडिकल कलेजका डा. नटराजलाई सिकाए । सक्कली प्राध्यापकको सट्टा यिनले पनि अनुगमनका बेला अनौठो खेल सुरु गरे । यी दुई माफियाले खडेबाबा ल्याउदा रक्सौल नजिकको गाउँका प्रत्येक मानिसलाई नक्कली डाक्टर वनाई सकेको सुन्दा पनि रोचक लाग्ने यी मेडिकल नटवरलालको काममा चितवन कै डा. हरिसचन्द्र न्यौपानेले पनि चितवन मेडिकल कलेजमा खडेबाबा राख्न थालेपछि यस्तो खालेको रोग कहाँसम्म पुग्यो भने पुलिसले पनि सक्कली प्राध्यापकको साटो खडेबाबा उभ्याएर सम्वन्धन लिने दाउँ ग¥यो ।

पुलिसमा ल्याइएका खडेबाबा प्राध्यापकको असली खर्च नेशनल मेडिकल कलेजका मालिक बसुरुद्धिन अन्सारीले तिरेका हुन् । काठमाडौंको एउटा अर्पाटमेन्ट लिएर मेडिकल कलेज संचालन गर्न खोज्ने अहिले सम्वन्धन रोकिँदा चक्कर खान थालेका छन् । चमत्कारीक रुपमा मेडिकल कलेज स्थापना गर्ने अन्सारी पहिला विरगंजका जुत्ता व्यापारी हुन् । मुश्लिमलिगबाट आएको पैसालाई व्यक्तिगत धनमा परिणत गरेर विरगंजमा एम्पाएर खडा गरेका अन्सारी र गुण्डागर्दीबाट मेडिकल कलेज हडपेका शुनिल शर्मा छिट्टै अख्तियारको कारवाहीमा पर्दैछन् ।

सुन्दा अचम्म लाग्ला यी माफियाका कहाँ भेट्छन् ? के गर्दछन् । सुनिल शर्मा खैरो रङ्गको जापानमा निर्मित ल्याण्डक्रुजर प्राडो वा.७ च ३३३ नम्वरमा चढ्छन् ।

यिनीहरुको भेटघाट गर्ने गोप्य स्थल पुतलीसडक स्थित नोवेल मेडिकल कलेजको अफिस पनि खोलेका छन् । सबै भारतियहरु आउँ जाउँ हुँदा खडेबाबाको ओसारपोसार देश भरी यहीबाट सुरु हुन्छ । विजय शंकर मिश्र जो शुनिल शर्माका प्रमुख हुन् उनले बल्खुमा घर घडेरी जोडिसके जसको काम नक्कली चिकित्सक बनेर उभिनु हो । अमृत साइन्स क्याम्पसका जीव प्राणीका प्राध्यापक यिनले पुतलीसडकमा स्थित नोवेलमा पनि पढाउने गरेको खोजतलासले सुइँको पाएको छ । विजय शंकरलगायत अन्य नौ जनालाई अख्तियारले छिट्टै कारवाही चलाउने स्रोतले जानकारी दियो ।

नक्कली डाकटरहरुको चलखेल वजारमा छरिदा नक्कली शिक्षकको भागाभाग भएको छ । शुनिल शर्मा आफू लुक्दै हिँडेको परिस्थितिमा यी खडेबाबा र शर्माका आउरेभाउरेलाई कसैले पनि वचाउन नसक्ने हनुमान ढोका स्थित प्रहरी स्रोत वताएको छ । भारतिय नागरीक प्रमुख कार्यकारी रहेको इन्स्टिच्युटमा सबै जनाको घर पहिचानसम्म गरिसकेको प्रहरी स्रोतले बताएको छ ।

सम्बन्धित समाचार