सशस्त्र प्रहरीमा जुनियरले सोर्स लगाउदा सशस्त्रमा बढुवा  बिबाद

21.3k Shares

काठमाडौं  ।  बिबादै बिबादको कारण सशस्त्र प्रहरी बलमा एसएसपीको बढुवा हुनसकेको छैन । झण्डै १४ महिना जुनियरहरूले बढुवाका लागि शक्तिकेन्द्र धाउने र महानिरीक्षक राजु अर्याल एवं बढुवा समितिका अध्यक्ष रहने गृह सचिव दिनेश भट्टराईलाई चौतर्फी दबाब दिएको कारण बढुवा हुन नसकेको खुलेको छ । प्रहरी बलमा रिक्त १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको बढुवामा बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला राजनीतिक चलखेल सुरू भएको छ । सशस्त्र प्रहरीका एसपीहरू काम छाडेर गृहमन्त्रालयमा धाउन थालेका छन् । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राजनीतिक व्यक्तिलाई भेटघाट गरेमा वा गृहमन्त्रालय जाँदा असम्बन्धित मन्त्रालय गएको भेटिएमा कारबाही गर्ने चेतावनी दिए पनि पँहुचवाला राजनीतिक व्यक्तिको घर घरमा एसपीहरू पुगेका छन् ।बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला स्वतः उम्मेदवारहरूले बढुवा हुनका लागि राजनीतिक लबिङमा लागेका छन् । २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका १९ जनाको समूह रहेको छ । त्यसैगरी २०७७ जेठ २४ गते एसपी भएको अर्को समूह छ । यो जुनियर समूहका केही एसपीहरूले बहालवाला मन्त्रीहरूको चाकडीमा धाउंदै बढुवाको लागि दबाब दिएपछि बढुवा अवरुद्ध भएको हो । पछिल्लो समूहका सुरेश सापकोटा, राजेन्द्र थापा, समिक महर्जन  र दीपक थापाले शक्तिकेन्द्र जाँदै दबाब दिएको समेत खुलेको छ । हाम्रो समाचारस्रोतका अनुसार  सरेश सापकोटा गोरखा जिल्लाका हुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा जिल्लावासी भएको कारण सापकोटाले त्यही फाइदा उठाउंदै आफू बढुवा हुनका लागि दबाब दिएका छन् । त्यसैगरी राजेन्द्र थापा नुवाकोटका हुन । उनले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको सोर्सफोर्स लगाएर दबाब दिएका छन्  भने बालाजु घर भएका  समिक महर्जनले एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य मार्फत दबाब दिएको समेत खुलेको छ । अर्का एसपी दीपक थापाले आफ्नो गृह जिल्ला सुर्खेतका हालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का मार्फत दबाब दिएर बढुवा हुन लागि  परेका छन् । अहिले सापकोटा स्टाफ कलेज , थापा सीमा सुरक्षा बिभाग , महर्जन कार्यदल र दीपक थापा रूपन्देही जिल्लामा कार्यरत छन्
सशस्त्र प्रहरी उपरीक्षकहरू राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनिया, ध्रुव कार्की, रमेश पाण्डे, तीर्थराज पौडेल,रविनराज करन्जीत,विरसिंह साहु, जनक पुरी,नेत्र कार्की, सूर्य सेन ओली, तेजप्रसाद पोख्रेल, यादव विक, विकाश घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बम, अशोक बम, जहरसिंह बोहोरा र बिरेन्द्र ऐरले बढुवाका लागि आवेदन दिएका छन् । यी बाहेक पछिल्लो टोलीका केहीले समेत आवदेन दिएपनि उनीहरूको बढुवा हुने सम्भावना न्यून रहेको छ । विगतमा आर्कषक स्थानमा बसेर चुस्त कमाएकाहरूलाई अप्ठेरो परेपछि उनीहरू गृहमन्त्रीका दाजु मानकाजी श्रेष्ठको शरणमा परेका छन् । त्यस्तै इन्टेलीजेन्स ब्यूरोमा रहेका विकास घिमिरे पनि शक्तिकेन्द्रको दौडमा छन् ।सशस्त्रका केही विवादास्पद पृष्ठभूमि भएका एसपीहरूले बढुवा पाउनका लागि राजनीतिक लबिङ गरेका कारण राम्रा उम्मेदवारहरू बढुवा पाउनबाट बञ्चित हुने अवस्था आएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कार्यक्षमताका आधारमा बढुवा गर्ने मनस्थितिमा रहेका छन् ।सूर्य सेन ओली प्रहरी नायव उपरीक्षक हुँदा जाउलाखेलमा ट्राफिक प्रहरीसँग झगडा गरेपछि थुनामा परेका थिए ।

सम्बन्धित समाचार