एमालेको अवरोधपछि एक साताका संसद बैठक स्थगित

16.8k Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ । 


सोमबार बसेको बैठकमा पनि एमाले सांसदको नाराबाजी भएपछि सभामुख देवराज घिमिरेले एक साताका लागि बैठक स्थगित गरेका हुन् । 


सोमबारको बैठकको कार्यसूचीमा रहेका सबै विषय हटाएको जानकारी दिँदै सभामुख घिमिरेले आउँदो ३ भदौ आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराएका हुन् । 
 

सम्बन्धित समाचार