पाँचौ कवेष्ट स्टेट बैंक्वेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”को भव्य उद्घाटन

27.5k Shares

ललितपुर/क्वेष्ट इन्टरनेशनल कलेजको पाँचौ कवेष्ट स्टेट बैंक्वेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”को उद्घाटन भएको छ । साउन १९ गते शुक्रबारको अवसर पारी क्वेष्ट इन्टरनेशनल कलेजको आफ्नै परिसरमा उक्त उद्घाटन समारोह कार्यक्रम आयोजना गरेको हो । अपरान्ह ५ बजे शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन हुनुहुन्थ्यो भने अरु अतिथीहरुमा विभिन्न कलेजका प्रध्यानाध्यापक, होटलका सञ्चालक, बैंकका म्यानेजर तथा वडाका प्रतिनीधिहरु सहभागी हुनुहुन्थ्यो । 
कार्यक्रमको मुख्य उदेश्य नगरका प्रतिष्ठित व्यक्तित्वहरुलाई आमन्त्रित गरी बि.एच.एम. संकायका बिध्यार्थीहरुद्वारा तयार पारिएका मिष्ठान्न भोजन तथा पेय पदार्थहरुको रात्रिभोजन गराउनु रहेको थियाे ।
समारोहमा विद्यार्थीहरुले ब्लु लगून पेय पदार्थसहित अतिथिहरुको स्वागत गरेका थिए भने  कुस्कुस सलाद र सुप, मेन कोर्समा “सुस–भाइड चिकन” र शाकाहारीहरुका लागि “ग्रिल्ड कटेज चीज”,  र अन्त्यमा डेजर्टमा “किन्वा पुडिंग”द्धारा सामाग्री पस्केका थिए । 
आयोजकका अनुसार यस्ता कार्यक्रमहरुले बिभिन्न संघसस्थाहरु (कलेज,होटल,बैंक तथा अरु बिभिन्न संस्थाहरु)संग सुदृढ सम्बन्ध कायम राख्नुका साथै बिद्यार्थीहरुको सीप विकास तथा ज्ञान वृद्धिमा ठुलो भूमिका खेल्ने कुरामा आफ्नो कलेज विश्वस्त रहेको जानकारी गराए । कार्यक्रममा ६० भन्दाबढी आगन्तुकहरुको सहभागीता रहेको थियो ।

1.jpg22.jpg21.jpg20.jpg19.jpg18.jpg17.jpg16.jpg15.jpg13.jpg12.jpg11.jpg10.jpg9.jpg8.jpg7.jpg6.jpg5.jpg4.jpg3.jpg2.jpg

सम्बन्धित समाचार