पछिल्लो २४ घण्टामा ३६० संक्रमित थपिए

17.3k Shares

काठमाडौं । नोभेल कोरोना भाइरसका ३६० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३६० संक्रमित थपिएका हुन् । बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । देशभर सक्रिय संक्रमितको ६ हजार २९६ संख्या रहेको छ ।
प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, वागमती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश ५ मा ३७७, कर्णलाी प्रदेशमा २६३ र सुदूरपश्‍चिममा एक हजार ४९० सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १५ हजार ३९९ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका क्‍वारेन्टिनमा ९ हजार ४७० मानिसहरु रहेका छन् ।

सम्बन्धित समाचार