20.3k
Shares
काठमाडौं । लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा सरेको हो ।
असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ । असोज १३ गत शनिवारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पुर्व सूचना अन्सार नै रहने आयोगले जनाएको छ ।
