पहिरोमा पुरिएर आमाछोराको मृत्यु

17.7k Shares

बैतडी, ८ साउन । बैतडीमा पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको छ ।  सोमबार बिहान करिब २ बजे पहिरो खस्दा स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको हो । घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए ।

सोही पहिरोमा पुरिएर स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । उनलाई उपचारका लागि दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको छ । 
 
 

सम्बन्धित समाचार