काठमाडौ, ४ साउन । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम हरेको छ। लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
अघिल्लो दिन अर्थात् बुधबार तोलामा ६०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।